गएराति परेको चट्याङ लागेर दुईको मृत्यु
दार्चुला, बैशाख ३ : दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मंगलबार ....

दार्चुला, बैशाख ३ : दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मंगलबार राति मृत्यु भएको हो। घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन्। चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका गोरु र दुहुनो गाई मरेको छ। यस्तै व्याँस गाउँपालिका–५ धौलाकोटमा चट्याङ लागेर एक भैँसी र एक बाख्रासमेत मरेको छ।
त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा बुधबार बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ।
सोही वडामा चट्याङ परी तीन घाइते भएको भन्ने बुझिएकाले उक्त घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


