Kathmandu Press

प्रधानसेनापति सिग्देल र चीनका राजदूतबीच भेट

भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ। 
प्रधानसेनापति सिग्देल र चीनका राजदूतबीच भेट

काठमाडौं, असोज १३ : प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सङबीच भेटघाट भएको छ। उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो।

उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ। 

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
 

प्रकाशित मिति: १९:४१ बजे, आइतबार, असोज १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्