Kathmandu Press

तेमाल पहिरोमा बेपत्ता चारजनाको शव निकालियो 

पहिरोमा परेका तीन जनाको घाइते अवस्थामा उद्धार भएको छ। तेमलमा गएको पहिरोका कारण घर पुरिँदा १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। 
तेमाल पहिरोमा बेपत्ता चारजनाको शव निकालियो 

काभ्रे, असोज १३ : काभ्रेको तेमालमा पहिरोमा बेपत्ता भएका चार जनाको शव निकालिएको छ। 

पहिरोमा परेका तीन जनाको घाइते अवस्थामा उद्धार भएको छ । तेमलमा गएको पहिरोका कारण घर पुरिँदा १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। 

धुलिखेलबाट हेलिकप्टरसहित सेना अहिले उद्धारका लागि खटिएको छ। विद्युत् र फोन सम्पर्क विच्छेद भएका कारण क्षतिको एकीन विवरण समेत आउन सकेको छैन। 
 

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, असोज १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्