लगातार उकालो लागेको सुनको मूल्य घट्यो
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार भने ६ सय रूपैयाँले घटेको हो।काठमाडौं, असोज १३ : साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार भने ६ सय रूपैयाँले घटेको हो। यसअघिको हप्ता सुन लगातार बढ्दै कीर्तिमान कायम गरेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १९ सय ४५ मूल्यमा किनबेच भइरहेको ।
प्रकाशित मिति: १२:२९ बजे, आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१
भद्रकालीबाट सुरू भयाे एमाले जागरणसभाको र्यालीशुक्रबार, मंसिर ७, २०८१
वीरगञ्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइतेशुक्रबार, मंसिर ७, २०८१
बलिदानको छायाकंन अन्तिम चरणमाशुक्रबार, मंसिर ७, २०८१