Kathmandu Press

झ्याप्लेखोलामा अर्को बस पनि पुरिएको भेटियो, ३ जना मृत भेटिए

गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन शुक्रबारदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। 
झ्याप्लेखोलामा अर्को बस पनि पुरिएको भेटियो, ३ जना मृत भेटिए

धादिङ, असोज १३ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा शनिबार गएको पहिरोमा अर्को बस पनि पुरिएको अवस्थामा भेटिएको छ। प्रहरीका अनुसार बसमा ३ जानाको शव भेटिएको छ। 

बस गोरखाको लापुबेसीबाट छुटेको आंशका प्रहरीले गरेको छ। झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ। 

गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन शुक्रबारदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। 

शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उक्त बस शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेपनि त्यसपछि सम्पर्कमा नरहेको बताइएको छ। बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। 

उक्त बस पनि झ्याप्लेखोला पहिरोमै परेको आशंका गरिएको छ। सोही अनुसार प्रहरीले खोजी गरिरहेको छ। 

शनिबार नै साँझ झ्याप्लेखोला पहिरोमा २ वटा माइक्रो पुएिको अवस्थामा भेटिएको थियो। जसमा १४ जनाको शव भेटिएको थियो। 

प्रकाशित मिति: १०:२६ बजे, आइतबार, असोज १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्