प्रमुख प्रतिपक्षी दलका नेता दाहालद्वारा सर्वदलीय बैठक आह्वान
अविरल बर्षापछि आएको बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।काठमाडौं, असोज १३ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
अविरल बर्षापछि आएको बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
बिहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने बताइएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समेत सोहि विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
उक्त बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।
प्रकाशित मिति: ०८:४६ बजे, आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१
सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?मंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१