नागढुंगा–नौबिसे सडक खण्डको पहिरोबाट १४ जनाको शव निकालियो
पहिरोमा परेका तीनवटा बसबाट १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीको भनाइ छ ।
काठमाडौं, असोज १२ : नागढुंगा–नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परेका तीनवटा बसबाट १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीको भनाइ छ ।
शनिबार अविरल वर्षाका कारण त्रिभुवनराजमार्ग अन्तर्गत चन्दागिरि नगरपालिका वडा नम्बर २ र धादिङको सिमानामा पर्ने नागढुंगा नौबिसे सडक खण्डको झ्याप्लेखोलामा पहिरो झरेको थियो।
पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित मिति: २०:४६ बजे, शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार