Kathmandu Press

काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँबाहिरका आठ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै खुलाएको हो । यसअघि वर्षा कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान साँझ ६ बजेसम्मका लागि खुलाइएको थियो । आइएफआर उडान हुने विमानस्थलमा रातिसम्म उडान सञ्चालन गरिएको हो । 
काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन

काठमाडौँ, असोज १२ : काठमाडौँ बाहिरका विभिन्न आठ विमानस्थलमा आज राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० बजेसम्मका लागि उडान खुलाउने निर्णय गरेको हो । 

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँबाहिरका आठ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै खुलाएको हो । यसअघि वर्षा कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान साँझ ६ बजेसम्मका लागि खुलाइएको थियो । आइएफआर उडान हुने विमानस्थलमा रातिसम्म उडान सञ्चालन गरिएको हो । 

Hardik ivf

“साँझ ६ बजेसम्म काठमाडौँबाहिराका छ विमानस्थलमा मात्रै उडान खुलाइएको थियो । ६ बजेपछि काठमाडौँबाट सबै आइएफआर उडानयोग्य विमानस्थलमा उडान सञ्चालन गर्न दिने निर्णय भएको छ”, प्रवक्ता भुलले भने।आइएफआर विधिबाट चन्द्रगढी, विराटनगर, सिमरा, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा उडान भइरहेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

यो उडानले दुई दिनदेखि गन्तव्यमा पुग्न नपाएका सयौँ यात्रु लाभान्वित हुनेछन् । आन्तरिक उडान प्रभावित हुदाँ विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको बाक्लो भीड बढेको छ । उडान खुलेपछि ठूलो सङ्ख्यामा यात्रुहरू विमानस्थल पुगेको जनाइएको छ ।

प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि सबै आन्तरिक उडान स्थगित गरेको थियो । आज दिउँसो साढे १२ बजेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ आन्तरिक हवाई उडान प्रभावित भएको थियो । अन्तर्राष्ट्रियतर्फ पनि केही विमान ‘होल्ड’ र ‘डिले’ भएका थिए ।
     
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने सङ्घारमा छ । नेपालमा जुन १२ मा मनसुन भित्रिएर अक्टोबर २ मा बाहिरिने भए पनि यो वर्ष मनसुन केही ढिला गरी बाहिरिने पूर्वानुमान गरिएको छ ।

प्राधिकरणका सूचना अधिकारी भुलले महाशाखसँग प्राधिकरणले समन्वय गरेर हवाई उडान निर्धारण गरिरहेको जानकारी दिँदै मनसुन पूर्वबाट पश्चिमतर्फ लागिरहेकाले अहिले खासगरी काठमाडौँबाट पूर्वी भेगको ‘इनरुट वेदर’ बिग्रिएकाले उडानमा समस्या भइरहेको छ । तुलनात्मक रुपमा पश्चिम क्षेत्रमा मौसम सहज भएकाले उडान अवरोध भएको छैन ।

उनले मौसममा सुधार नआएसम्म ‘भिजुअल फ्लाइट रुल्स’ (भिएफआर) उडान र उद्धार उडान बाहेकका अन्य हेलिकप्टरको उडान स्थगित गरिएको बताए । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: २०:१५ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्