Kathmandu Press

उद्धारका लागि तीन जिल्लामा पठाइयो सेनाको हेलिकप्टर

शनिबार दिउँसोपछि मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्दारका लागि सेनाको हेलिकप्टर काभ्रोपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
उद्धारका लागि तीन जिल्लामा पठाइयो सेनाको हेलिकप्टर

काठमाडौं, असोज १२ : गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ। 

शनिबार दिउँसोपछि मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्दारका लागि सेनाको हेलिकप्टर काभ्रोपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन,’ उनले भने, ‘मौसममा सुधार आएपछि तीन वटा जिल्लामा  सेनाका हेलिकप्टर पठाएका छौं।’

सेनाको हेलिकप्टरले शनिबार काठमाडौ उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्दार गरेको थियो।

विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरुको खोज तथा उद्दारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागि परेको बताए ।
 
प्रकाशित मिति: १८:५२ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्