Kathmandu Press

कविता संग्रह ‘हिड्न बाँकी बाटाहरू’ सार्वजनिक

अमर प्रकाशन गृहले बजारमा ल्याएको कवितामा कविले आजको युवाले भोगेको पीडालाई कवितामा उतार्ने प्रयास गरेका छन्।
कविता संग्रह ‘हिड्न बाँकी बाटाहरू’ सार्वजनिक

काठमाडौं, असोज १२ : कवि तथा गीतकार अर्जुनबाबु दाहालले कविता संग्रह ‘हिड्न बाँकी बाटाहरू’ सार्बजनिक भएको छ। शनिबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रममबीच दाहालको कविता संग्रह सार्वजनिक गरिएको हो। 

कार्यक्रममा वरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले दाहालका कवितामा सकारात्मक सोच भेटिने दाबी गरे। उनले दाहालले कविको रूपमा आफ्नो जन्म घोषणा गरेको भन्दै यो पहिचानलाई सदैव बचाइराख्न शुभकामना समेत दिए।

Hardik ivf

यस्तै, पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले कविले हृदयबाट नै कविता लेख्नुभएको भन्दै आफू लेखनको प्रगतीको पक्षधर भएको भन्दै शुभकामना दिए।

समालोचक ज्ञानु अधिकारीले कविताको शीर्षकले आशावादी बोध गराउने भएपनि  कवितामा हिडिसकेका बाटाहरू आएको टिप्पणी गरिन्। कवितामा प्रयोग भएको सरल भाषाले सामान्य पाठकले पनि सजिलै बुझ्न सक्ने उनले बताइन्।

वरिष्ठ कवि एवं साहित्यकार डा.नवराज लम्सालले दाहालले जीवनको सार कवितामा उतार्नुभएको र नेपाली साहित्य जगतमा नयाँ कविको जन्म भएको बताए। कवि दाहालले आफूले आफ्नो जिन्दगी भोगाइ र अब हिड्न बाँकी जिन्दगीका बाटोलाई समेटेर कविता संग्रह सार्बजनिक गरेको बताए। 

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, गायक शिव परियार, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, डा.राधाकृष्ण ढुगानालगायतले कविताको सफलताको शुभकामना व्यक्त गरेका थिए। 

अमर प्रकाशन गृहले बजारमा ल्याएको कवितामा कविले आजको युवाले भोगेको पीडालाई कवितामा उतार्ने प्रयास गरेका छन्। हार्ड कभर र सफ्ट कभरमा उपलब्ध कविताको मूल्य क्रमशः ५०० र २५० तोकिएको छ।

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्