Kathmandu Press

कोशीमा ३७ वर्षयताकै उच्च बहान, कोशी ब्यारेजमा आवतजावत बन्द

साँझ ५ बजे कोशीको बहाब पाँच लाख ५७ हजार क्युसेक मापन गरिएको छ। कोशीमा ३७ वर्षपछि पानीको बहाबले ५ लाख नाघेको बताइएको छ। 
कोशीमा ३७ वर्षयताकै उच्च बहान, कोशी ब्यारेजमा आवतजावत बन्द

सुनसरी, असोज १२ : बुधबार रातिदेखि परेको लागतारको वर्षाका कारण कोशी ब्यारेजमा पानी पुलमाथि बाटै बग्न थालेको छ। 

पुलमाथिबाटै पानी बग्न थालेपछि आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ। पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए।

अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरिएको छ। 

साँझ ५ बजे कोशीको बहाब पाँच लाख ५७ हजार क्युसेक मापन गरिएको छ। कोशीमा ३७ वर्षपछि पानीको बहाबले ५ लाख नाघेको बताइएको छ। 

पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएको छ भने सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोढा समेत खोलिएको छ। 

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, असोज १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्