नारायणगढ–मुग्लिन सडकमा आइतबार बिहानसम्म गाडी चलाउन रोक
वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो।
चितवन, असोज १२ : नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो।
‘सवारी धनी एवं यात्रु मानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
शुक्रबार काठमाडौंतर्फ जाँदै गरेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा नै रोकिएको छ। अत्यावश्यक कामबाहेक नदी तटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
प्रकाशित मिति: १७:५३ बजे, शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार