विपद्का घाइतेहरूको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्काे निर्णय, अवरूद्ध सडक तत्काल खुलाइने
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहकाे अध्यक्षतामा शनिबार अपरान्ह बसेकाे मन्त्रिपरिषद्काे आकस्मिक बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।काठमाडौं, असोज १२ : सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहकाे अध्यक्षतामा शनिबार अपरान्ह बसेकाे मन्त्रिपरिषद्काे आकस्मिक बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।
‘नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बसेको हो,’ उनले भने, ‘बैठकले दुई–तीन दिन लगातार परिरहेको भारी बर्षाका कारणले धेरै ठाउँमा नोक्सान भएको छ। सरकारले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ।’
बैठकले विपदबाट भएको क्षतिको क्षतिपूर्ति दिने समेत निर्णय समेत गरेको छ।
यस्तै, बैठकले तत्काल अविलम्ब अवरुद्ध भएका सडकहरू सञ्चालनमा ल्याउन पहल गर्ने निर्णय समेत गरेको पनि मन्त्री गुरुङले बताए। अवरुद्ध भएका विद्युत, खानेपानी टेलिफोनलगायत सेवाहरू तत्काल सञ्चालनका लागि सम्बन्धित मन्त्रालयले काम गर्ने उनले बताए।
मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने समेत बैठकले निर्णय गुरुङले जानकारी दिए।