Kathmandu Press

बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता 

राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण बर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन्।
बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता 

काठमाडौं, असोज १२ : राष्ट्रपति रामचन्द्र पौडेलले  लगातार परेको भीषण बर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन्।  

राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण बर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन्।

उनले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दे उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिए। साथै राष्ट्रपति पोडेलले विपद्को यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गरेका छन्। 

उनले देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र भू–क्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन्।
 

प्रकाशित मिति: १७:२१ बजे, शनिबार, असोज १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्