Kathmandu Press

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन्। जसमध्ये काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। 
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौं, असोज १२ : दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। 

उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन्। जसमध्ये काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। 

काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ। ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ। भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ। 

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन्। उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए।  

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ। अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ। 

काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ। 

प्रकाशित मिति: १७:०५ बजे, शनिबार, असोज १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्