Kathmandu Press

काभ्रेको खानीखोलामा खोलाले आठ घर बगायो, एक जना वेपत्ता

काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ। वडा नं ६ स्थित बागमती खोला किनार नजिक रहेका घर बाढीले बगाएको हो।
काभ्रेको खानीखोलामा खोलाले आठ घर बगायो, एक जना वेपत्ता
Hardik ivf

काभ्रे, आसोज १२ : अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ मा आठ घर बगाएको छ। वडा नं ६ स्थित बागमती खोला किनार नजिक रहेका घर बाढीले बगाएको हो।

स्थानीय धनबहादुर लामाले बाढीले नयाँ बस्तीका फुलबहादुर रुम्बा, हस्तबहादुर सिङ्तान, बुद्धि सिङ्तान, प्रकाश सिङ्तान, साजन सिङ्तान, देवराज सिङ्तान, विक्रम सिङ्तान र उत्तरमान गोलेको घर बनाएको जानकारी दिए। उक्त बाढीमा एकजना महिला बेपत्ता भएकी छिन्। 

यस्तै, डाँडापारी क्षेत्रमा रहेको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाका अधिकांश स्थानमा सञ्चार सम्पर्कविहीन भएका छन्। अविरल वर्षाले विद्युत् सेवा बन्द भएपछि सम्पर्कविहीन बनेका हुन्।

प्रकाशित मिति: १६:३७ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्