Kathmandu Press

प्रमुख राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात प्रभावित

उनका अनुसार आज काठमाडौंको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खुबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन सञ्चालन हुनसकेका छैनन्।
प्रमुख राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात प्रभावित

काठमाडौं असोज १२ : पहिरोले राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा एवं जनजीवन प्रभावित बनेका छन्।   

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौंको नयाँ बसपार्क र अन्य क्षेत्रबाट सञ्चालन हुँदै आएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको बताए। 

उनका अनुसार आज काठमाडौंको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खुबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधन सञ्चालन हुनसकेका छैनन्। विभिन्न राजमार्ग हुँदै सञ्चालनमा आएका सार्वजनिक सवारीसाधान र अन्य सवारीसाधन बगाउनुका साथै पहिरोले पुरिएका छन्।

सरकारले रात्रिकालीन सवारीसाधन  नचलाउन आग्रह गरेका कारण कतिपय सवारीसाधान दुर्घटना हुनबाट जोगिएको उनले बताए। उनले देशभरका यातायात व्यवसायी, चालक तथा सहचालकलाई जोखिम मोलेर सार्वजनिक सवारीसाधान नचलाउन समेत आग्रह गरेका छन्। 
 

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, असोज १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्