Kathmandu Press

उद्दार, राहत तथा घाइतेहरुको उपचारमा सरकार गम्भीर भएर लागिपरेको छ : गृहमन्त्री 

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सुचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए।
उद्दार, राहत तथा घाइतेहरुको उपचारमा सरकार गम्भीर भएर लागिपरेको छ : गृहमन्त्री 

काठमाडौं, असोज १२ : गृहमन्त्री रमेश लेखक बिहीबारदेखिको निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको दाबी गरेका छन्। 

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए। 

Hardik ivf

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ,’ गृहमन्त्री लेखकले भने,‘ मुलुकमा ठुलो विपद्को स्थिती आएको छ।’

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सुचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए।

‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु। उद्दार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ,’ उनले भने।

बर्षाका कारण काठमाडौं भित्रिने सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए।

विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको बताउँदै उनले बाढी, पहिरो लगायत विपद् सम्बन्धि पूर्व सूचना जारी गर्ने काम भइरहेको बताए। 

उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो । उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४सै घण्टा सक्रिय बनाइने बताए।

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्