अविरल वर्षाका कारण देशभर ३० जनाको मृत्यु, उपात्यकामा मात्रै २१ जनाको मृत्यु
बाढीबाट काठमाडौमा ९, ललितपुरमा ९ र काभ्रेपलाञ्चोक र भक्तपुरमा ३–३, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १–१ जनाको मृत्यु भएको छ।काठमाडौं, असोज १२ : अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३० जनाको मुत्यु भएको छ। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मत्यु भएको छ।
उपत्यका बाहिर ९ नजाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्य इकाइले जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।
बाढीबाट काठमाडौंमा ९, ललितपुरमा ९ र काभ्रेपलाञ्चोक र भक्तपुरमा ३–३, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १–१ जनाको मृत्यु भएको छ।
उनका अनुसार देशभर १६२ स्थानमा भौतिक क्षति भएको छ। प्रतिकार्यलमा १९४७ सुरक्षाकर्मी परिचालन गरिएको र ७६० जनाको सकुशल उद्धार गरिएके उनले बताए।
प्रकाशित मिति: १३:४१ बजे, शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१
सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?मंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१