Kathmandu Press

गृहमन्त्री लेखक भन्छन्– नखिपोटमा टहरमाथि रहेकालाई भिजिबिलिटीका उद्धार गर्न सकिएन

‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौं। मानिसहरूलाई बचाउन सकेनौं । हेलिकप्टठर उडाएर उद्धार गर्न, भिजिबिलिटिका कारणले हेलिकप्टर उडाएर जोगाउन सकेनौं,’ उनले भने।
गृहमन्त्री लेखक भन्छन्– नखिपोटमा टहरमाथि रहेकालाई भिजिबिलिटीका उद्धार गर्न सकिएन

काठमाडाैं, असाेज १२ : ललितपुरको नखिपोटमा टहराको छतमा उद्धारको पर्खामा रहेका चार जनालाई भिजिबिलिटी कम हुँदा उद्धार गर्न नसकिएको गृहमन्त्री रमेश लेखकले बताएका छन्। 

नख्खु खोलाको बाढी घरमा परेपछि जीवन रक्षाका लागि ४ जना शनिबार बिहान टहराको छानामा चढेका थिए। तर, लामो समयसम्म उद्धार हुन नसक्दा उनीहरूलाई नख्खु खोलाले बगाएको थियो।

Hardik ivf

सोही घटनामा स्पष्टीकरण दिँदै गृहमन्त्री लेखकले हेलिकप्टरबाट उद्दारको प्रयास गरिए पनि भिजिबिलिटीका कारण उद्धार गर्न नसकिएको बताए। स्थलमार्गबाट पनि उद्धारको प्रयास असफल भएको उनले बताए। 

‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौं। मानिसहरूलाई बचाउन सकेनौं । हेलिकप्टठर उडाएर उद्धार गर्न, भिजिबिलिटिका कारणले हेलिकप्टर उडाएर जोगाउन सकेनौं,’ शनिबार दिउँसो सरकारको कमान्ड पोस्टको बैठकपछि उनले भने।

तर, प्रत्यक्षदर्शीले भने खरब गरेको करिब १ घण्टापछि मात्र उद्धारका लागि २ जना प्रहरी त्यहाँ पुगेको बताएका छन्। सयममै पर्याप्त जनशक्ति नपुग्दा फसकेको उद्धार हुन नसकेको बताएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थलमार्गबाट प्रयास गर्दागर्दै पनि नसकेको लेखकले बताए। उद्धारका क्रममा केही प्रहरी जवान बगेको र उनीहरूलाई भने उद्धार गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: १३:२९ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्