नखिपोटमा टहरामाथि उद्धारको फर्खाइमा बसेका ४ जनालाई खोलाले बगायो
प्रत्यक्षदर्शीहरुले प्रहरीलाई सयमै बखर हुँदा पनि उद्धारमा ढिलाइ भएको बताएका छन्। खबर भएको झण्डै १ घण्टापछि मात्र २ जना प्रहरी त्यहाँ पुगेको बताइएको छ।
काठमाडौं, असोज १२ : ललितपुरको नखिपोटमा बस्तीमा बाढी पसेपछि टहरमाथि गएका चार जनालाई उद्धार हुन नसक्दा खोलाले बगाएको छ।
नखिपोटस्थित कान्तिपुर कोलोनी नजिकै रहेको टहरा बस्दै आएका उनीहरु बस्तीमा नख्खु खोला परेपछि टहराको छानोमा चढेका थिए। तर, उद्धार हुन नसक्दा उनीहरुलाई बगाएको प्रत्यक्षदर्शीले बताएका छन्।
उनीहरु शनिबार ८ बजेदेखि उनीहरू टहरामाथि उद्धारको प्रतिक्षामा बसेको बताइएको छ। तर, उद्धारमा ढिलाई हुँदा उनीहरुलाई खोलाले बगाएको हो।
प्रत्यक्षदर्शीहरुले प्रहरीलाई सयमै बखर हुँदा पनि उद्धारमा ढिलाइ भएको बताएका छन्। खबर भएको झण्डै १ घण्टापछि मात्र २ जना प्रहरी त्यहाँ पुगेको बताइएको छ।
प्रहरीका अनुसार एक महिला, दुई पुरुष र एक जना बच्चा छन्।
प्रकाशित मिति: १२:४० बजे, शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार