Kathmandu Press

तातोपानी जाने बेलिब्रिज भोटेकोसीले बगायो

चीनसँगको तातोपानी नाका जोड्ने एक मात्र भोटेकोसीको बेलिब्रीज शनिबार बिहान बगाएको हो।
तातोपानी जाने बेलिब्रिज भोटेकोसीले बगायो

सिन्धुपाल्चोक, असोज १२ : नेपाल–चीन जोड्ने अरनिकोको राजमार्गको तातोापनीमा रहेको बेलिब्रिज भोटेकोशीले बगाएको छ। बाढीले पुल बगाउँदा चीनको तातोपानी नाकाको आवागमन बन्द भएको छ। 

चीनसँगको तातोपानी नाका जोड्ने एक मात्र भोटेकोसीको बेलिब्रीज शनिबार बिहान बगाएको हो। पुल बगाएपछि भोटेकोसी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने बस्तीहरुमा आउजाउ गर्न अब जंगलको बाटो हिँडनुपर्ने भएको छ।

पुल बगाएपछि चीनसँगको व्यापारिक कन्टेनर आउजाउ पूर्ण रुपमा रोकिएको छ। अरनिको राजमार्ग निर्माणका क्रममा चीनले बनाएको लार्चास्थित पक्की पुल २०७४ मा पहिरोले बगाएपछि त्यहाँ बेलिब्रिज निर्माण गरिएको थियो। भोटेकोसीमा खसालेको थियो ।

यस्तै, १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज पनि बगाएको छ। तातोपानी नाका जाने लिपिङको पुल पनि बगाएको छ।

यसको असर व्यापारिक कारोबार पर्ने देखिन्छ। खासगरी दसैंका सामान सीमा नाकामा ल्याइएको अवस्थामा पुल बगाएपछि भारी बोकाएर ल्याउन पनि धेरै कठिन हुने बताइउको छ। 
 

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्