Kathmandu Press

काललिमाटीको सुकुम्बासी बस्तीमा, खानेकुरा र पालको व्यवस्था गरिदिन स्थानीयको गुहार

‘हामीसँग केही बचेन, पानी पिउनको लागि एउटा जग समेत ल्याउन सकेका छैनौं। खानेकुराको व्यवस्था गरिदिए एकदम आभारि हुनेथियौं।’ 
काललिमाटीको सुकुम्बासी बस्तीमा, खानेकुरा र पालको व्यवस्था गरिदिन स्थानीयको गुहार

काठमाडौं, असोज १२ : बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ। 

वर्षाका कारण काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ। 

विष्णुमतीमा आएको बाढीका कारण कालिमाटीस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ। 

बाढी घरभित्र पसेका कारण सयौं परिवार विस्थापित भएका छन् । बाढी घरभित्र पसेपछि घर छोडेर हिड्नुपरेको कालिमाटीका स्थानीय निशान्त मगरातीले बताए। 

Photos-(5)-(1)-1727503093.jpg

उनले आफूसँग केही नभएको कारण भोकै मर्नुपर्ने स्थिति सिर्जना भएकोले सरकालले त्रिपालको व्यवस्था गरिदिन पर्ने माग गरेका छन्। उनले जनप्रतिनिधहरू कोही पनि आफूहरुलाई सहयोग गर्न नआएको उनले बताए। 

‘हामीले कोठामा भएको समानहरु पनि बचाउन पाएनौं। अहिले हामी एकदम तनावमा छौं। हामीलाई एउटा पालको व्यवस्था गरिदिएपनि हुन्थ्यो। हाम्रो लागि त्यही ठुलो कुरा हुन्थ्यो होला,’ उनले भने, ‘हामीसँग केही बचेन, पानी पिउनको लागि एउटा जग समेत ल्याउन सकेका छैनौं। खानेकुराको व्यवस्था गरिदिए एकदम आभारि हुनेथियौं।’ 
 

प्रकाशित मिति: ११:४४ बजे, शनिबार, असोज १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्