च्यासलस्थित एमाले मुख्यालय डुबानमा [तस्बिरहरू]
ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन्।![च्यासलस्थित एमाले मुख्यालय डुबानमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photos-(1)-(1)-1727502460.jpg)
काठमाडौं, असोज १२ : च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ।
गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा परेको हो।
ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गरेका छन्।
-(1)-1727502462.jpg)
अविरल वर्षासँगै बाढीले एउटा ग्यास बुलेट समेत बगाएको छ। ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ।
भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ। ग्याँस चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ।
-(2)-1727502461.jpg)
-(1)-1727502461.jpg)
प्रकाशित मिति: ११:३४ बजे, शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












