सप्तकोशीको बहाब उच्च, ब्यारेजका सबै ढोका खोलिए
कोशीमा पानीको बहाब ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने आंकलन गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
सुनसरी, असोज १२ : केही दियताको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब उच्च बनेको छ। त्यहाँ पानीको बहाबले खतराको तह पार गरेको बताइएको छ।
शनिबार बिहान ९ बजे कोशीको बहाब ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापन भएको छ। यो सँगै कोशी ब्यारेजका सबै ढोका खोलिएको छ।
कोशीमा पानीको बहाब ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने आंकलन गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
कोशीमा पानीको बहाव उच्च भएपछि सुनसरी र सप्तरीमा स्थानीय प्रशासनले सतर्कता अपनाएका छन्।
डुबानको जोखिम हुने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको प्रहरीलाई सतर्क रहन पनि उनले आग्रह गरेका थिए।
प्रकाशित मिति: ११:१७ बजे, शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












