Kathmandu Press

काठमाडौंका बस्ती र सडकमा बाढी : सवारी आवागमन प्रभावित

काठमाडौं उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, सङ्कटा पुल, टङ्केश्वर, परोपकार, नख्खुखोला पुल, कलङ्कीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका जनाएको छ । 
काठमाडौंका बस्ती र सडकमा बाढी : सवारी आवागमन प्रभावित

काठमाडौं, असोज १२ : बिहीबार बेलुकीदेखिको लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका बस्ती र सडकमा बाढी पसेको छ । अधिकांश स्थानका सडकमा बाढी पसेका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, सङ्कटा पुल, टङ्केश्वर, परोपकार, नख्खुखोला पुल, कलङ्कीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका जनाएको छ । 

Hardik ivf

यसैगरी दरबारमार्गस्थित होटल याक एण्ड यति अघि रुख पल्टिएर आधा घण्टा सडक जाम भएको छ । दक्षिणकालीबाट फाखेल हुँदै हेटौँडा जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको छ । नागढुङ्गाबाट सिस्नेखोला निस्कने सुरुङमार्ग नजिकै पहिरो गएर पनि सडक अवरुद्ध भएको छ ।

यसैगरी स्वयम्भूमा गुडिरहेको मोटरसाइकलसहित चालकलाई अविरल वर्षाका कारण आएको बाढीले वेपत्ता बनाएको छ । मोटरसाइकल भेटिए पनि मानिस अझै बेपत्ता छन् । 

प्रकाशित मिति: ०८:२५ बजे, शनिबार, असोज १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्