Kathmandu Press

डब्ल्यू एच ओलाई अमेरिकाले गर्दै आएको सहयोग रोक्ने राष्ट्रपति ट्रम्पको घोषणा 

काठमाडौं, वैशाख ३ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यू एच ओ) लाई अमेरिकाले दिदै आएको सम्पूर्ण रकम बन्द गर्न आदेश दिएका ....

डब्ल्यू एच ओलाई अमेरिकाले गर्दै आएको सहयोग रोक्ने राष्ट्रपति ट्रम्पको घोषणा 

काठमाडौं, वैशाख ३ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यू एच ओ) लाई अमेरिकाले दिदै आएको सम्पूर्ण रकम बन्द गर्न आदेश दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन आफ्नो आधारभूत कर्तव्य पूरा गर्न नसकेको भन्दै उसलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले आफ्नो प्रशासनलाई सङ्गठनको सहयोग रोक्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सङ्गठनले कोभिड १९ भाइरसको फैलिने क्रम रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र चिनियाँ पक्षधरता लिएको ट्रम्पको आरोप छ ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न सङ्गठनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नैपर्नेमा जोड दिए । अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने देश हो ।

गएको वर्ष अमेरिकाले सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गरेको थियो । यो रकम सङ्गठनको १५ प्रतिशत बजेट बराबर हो । 

प्रकाशित मिति: ०६:३९ बजे, बुधबार, वैशाख ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्