काठमाडौंको बनस्थलीमा खोलामा खस्यो मोटरसाइकल, चालक बेपत्ता
दिनभरीको झरीपछि शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका-१५ बनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल खोलाले बगाएको हो।
काठमाडौं, असोज ११ : काठमाडौंको बनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन्।
दिनभरीको झरीपछि शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका-१५ बनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल खोलाले बगाएको हो।
खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
खोलामा खसेको मोटरसाइकल भने निकालिएको छ। बेपत्ता चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०:२६ बजे, शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार