काभ्रेभिरमा पहिरो खस्दा बेसीसहर–चामे सडक अवरुद्ध
जिल्लावासीलाई सचेत तथा सजक रहन आग्रहमनाङ, असोज ११ । मनसुन सक्रिय भएर परेको अविरल वर्षासँगै पहिरो खस्दा चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
काभ्रेभिरमा पहिरो खस्दा एक मात्र मनाङ आवतजावत गर्ने चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिए।
‘मनाङ पर्यटकीय क्षेत्र भएकाले यतिबेला पर्यटकको बढी आवतजावत हुन्छ तर सडक अवरुद्ध हुँदा स्थानीयका साथै पर्यटकलाई असर गरेको छ,’ उनले भने।
निरन्तर वर्षा भइरहेकाले जिल्लावासीलाई सचेत तथा सजक रहन आग्रह गरिएको प्रजिअ आचार्यले बताए।
‘मनाङ बाढीपहिराको जोखिमयुक्त क्षेत्र भएकाले सचेत रहन जिल्लावासीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘अत्यावश्यक बाहेकका काममा लामो तथा छोटो दुरीको यात्रा नगर्नसमेत आग्रह गरिएको छ।’
प्रकाशित मिति: १९:३८ बजे, शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१
सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?मंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१