Kathmandu Press

६० किलो सुन तस्करीका १० अभियुक्तलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । उनीहरुलाई यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएको थियो। 
६० किलो सुन तस्करीका १० अभियुक्तलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं, असोज ११ : सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा थुना मुक्त गर्न शुक्रबार आदेश दिएको छ। 

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । उनीहरुलाई यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएको थियो। 

तल्लो अदालतको आदेशविरुद्ध उनीहरूले सर्वोच्चमानिवेदन दिएका थिए। सर्वोच्चले उच्चको आदेश बदर गर्दै धरौटी माग गर्ने आदेश दिएपछि सुन तश्करीमा मुछिएका दशजना अभियुक्त थुना मुक्त हुने भएका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान अनुरुप २०८० साल असोज १ गते उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो। सर्वोच्चको शुक्रबारको आदेश अनुरुप अभियुक्तहरु कुमार ढकाल, हर्कराज राई, रामकुमार भुजेल, सरोज श्रेष्ठ, दिलीप भुजेल, राजेन्द्रकुमार राई, सन्तोष चन्द, टाँसी भन्ने थुप्तिन छिरिङ र शिवकुमार सर्राफ धरौटीमा मुक्त हुने छन्।

६० केजी सुन प्रकरणमा चिनियाँ मूलका नागरिक दावाजिन वाङलाई मुख्य अभियुक्त बनाउँदै २९ जनाविरुद्ध काठमाडौं अदालतमा अभियोगपत्र दायर भएको थियो । उनीहरूविरुद्ध संगठित अपराधसहित पाँचवटा अभियोग छन्

सुन तस्करीमा करिब तीन अर्ब ५० करोड ३१ लाख रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबी छ । मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामै छ।
 

प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, असोज ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्