Kathmandu Press

पछिल्लाे २४ घन्टामा झापामा सबैभन्दा धेरै ३ सय मिलिमिटर वर्षा, कहाँ कति पानी पर्‍यो?

काठमाडौं उपत्यकामा पनि चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ।
पछिल्लाे २४ घन्टामा झापामा सबैभन्दा धेरै ३ सय मिलिमिटर वर्षा, कहाँ कति पानी पर्‍यो?
फाइल तस्वीर।

काठमाडौं, असोज ११ : मनसुन सक्रिय भएसँगै पछिल्लो चौबीस घन्टामा देशका अधिकांश स्थानमा लगातार वर्षा भइरहेको छ।

मनसुनी वायुसँगै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव पर्दा देशैभरी झरी परेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चौबीस घन्टाको अवधिमा झापामा अति भारी वर्षा भएको छ।

झापाको चन्द्रगढी विमानस्थलमा पछिल्लो चौबीस घन्टामा ३०० मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै अनारमनी बिर्तामा २५१ मिलिमिटर, बाहुनडाँगीमा १९९ मिलिमिटर, शनिश्चरेमा १७० र गौरादहमा २४८ मिलिमिटर वर्षा भएको छ।

Hardik ivf

यसले पश्चिममा भन्दा पूर्वमा मनसुन बढी सक्रिय भएको देखाउँछ। इलामको कन्याममा १५३ मिलिमिटर, बारफल्याङमा १५७ मिलिमिटर, कन्काइ मैनाचुलीमा २९६ मिलिमिटर, मोरङको बाहुनीमा २०० मिलिमिटर, उदयपुरको उदयपुरगढीमा १०९ मिलिमिटर, सिरहाको लाहानमा १०६ मिलिमिटर वरषा मापन भएको छ।

काठमाडौं उपत्यकामा पनि चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। कीर्तिपुरमा १४४ मिलिमिटर, ललितपुरको लेलेमा १८१ मिलिमिटर, गोदावरीमा १४० मिलिमिटर, बबरमहलमा १०२ मिलिमिटर, बूढानीलकण्ठमा ९९ मिलिमिटर वर्षा पछिल्लो २४ घन्टामा मापन भएको छ।

rain-asoj-11-1727442262.JPG

महाशाखाले १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा हुँदा अति भारी वर्षा भनिन्छ

मकवानपुर, काभ्रे, धादिङ, पाल्पा, रूपन्देही, अर्घाखाँची, गुल्मी, दाङ, कपिलवस्तु, कैलाली कञ्चनपुरमा पनि चौबिस घन्टामा सय मिलिमिटर भन्दा बढी पानी परेको छ।  

मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्मै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन भनेको छ।

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, असोज ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्