Kathmandu Press

दुग्ध तथा उखु किसानको बक्यौता उपलब्ध गराउने बाटो खुल्यो 

शुक्रबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएपछि बक्यौताको भुक्तानीका लागि बाटो खुलेको हो।
दुग्ध तथा उखु किसानको बक्यौता उपलब्ध गराउने बाटो खुल्यो 

काठमाडौं, असोज ११ : दुग्ध तथा उखु किसानलाई बाँकी बक्यौता उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुग्ध तथा उखु किसानका लागि झण्डै दुई अर्ब रुपैयाँ निकासा गरिएको छ। 

Hardik ivf

शुक्रबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएपछि बक्यौताको भुक्तानीका लागि बाटो खुलेको हो। यसपछि दुग्ध किसानहरूको बक्यौता रकम तिर्ने प्रक्रिया शुरु हुने छ। उखु किसानलाई रकम उपलब्ध गराउन कृषि मन्त्रालयले गरेको प्रस्ताव अनुसार अख्तियारी तथा बाँडफाँट भएको छ । 

मन्त्रालयले १ अर्ब ४५ करोड भन्दा बढी रकम रकमान्तर गरी भुक्तानीका लागि आठ जिल्लामा पठाइसकेको छ। शुक्रबार नै सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाइएको छ। 

कृषि मन्त्रालयका अनुसार कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सुनसरीका उखु किसानले पाउनुपर्ने रकमका लागि एक अर्ब ४५ करोड ३२ लाख २१ हजार ८ सय ६८ रुपैयाँ सम्बन्धित जिल्लालाई पठाइएको छ। उखु किसानले अनुदानबापत पाउनुपर्ने पैसा दसैँअघि नै बुझ्ने छन्। 
 

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, असोज ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्