Kathmandu Press

छविलाल जोशीलाई सात दिन थुनामा राख्न अदालतको अनुमति

छविलाल जोशीलाई सात दिन थुनामा राख्न अदालतको अनुमति

कास्की, असोज ११ : गोरखा मिडिया प्रालिका संस्थापक सञ्चालक रहेका पूर्व डिआइजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काश्कीले अनुमति दिएको छ। 

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका जोशीलाई अनुसन्धान बाँकी रहेकाले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काश्की प्रहरीलाई अदालतले अनुमति दिएको हो। 

जोशीलाई थप अनुसन्धानका लागि प्रहरीले भने १० दिन थुना म्याद माग गरेको थियो। प्रहरीले जोशीलाई गत ६ असोजमा काठमाडौंबाट पक्राउ गर्दै पोखरा ल्याएको हो। 

जोशीलाई पहिलोपल्ट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । पछिल्लो म्याद थपसहित जोशी अब १२ दिन प्रहरी हिरासतमा रहने छन्। 

प्रकाशित मिति: १७:३० बजे, शुक्रबार, असोज ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्