Kathmandu Press

नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि राति बन्द हुने

अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि राति बन्द हुने

चितवन, असोज ११ । अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोलि यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए।

उनले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताए । 

अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिए।

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, असोज ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्