Kathmandu Press

वर्षाले आन्तरिक उडानमा समस्या, भरतपुर र सुर्खेतको उडान रद्द

अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ।
वर्षाले आन्तरिक उडानमा समस्या, भरतपुर र सुर्खेतको उडान रद्द

काठमाडौं, असोज ११ : अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भरतपुर र सुर्खेतको सबै उडान रद्द भएको बताए ।

उनले अहिलेम्म भद्रपुर र पोखरा उडान नभएको बताए । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएका छैनन् । भरतपुर विमानस्थलबाट दैनिक ८ उडान हुने गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रकाशित मिति: १७:३९ बजे, शुक्रबार, असोज ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्