Kathmandu Press

१६ महिनापछि पक्राउ परे सहकारी ठगीका आरोपित ढोरपाटनका मेयर

मेयर नेपाली शुक्रबार भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। 
१६ महिनापछि पक्राउ परे सहकारी ठगीका आरोपित ढोरपाटनका मेयर

काठमाडौं, असोज ११ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन्।

सहकारीको बचत अपचलन गरेको आरोप लागेका मेयर नेपाली शुक्रबार भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। 

उनी परिवारसहित १६ महिनादेखि फरार थिए। उनीविरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको थियो। भारतीय प्रहरीले पक्राउ गरेपछि उनलाई भारतीय कन्सुलर कार्यालयमा समन्वय गरी नेपाल ल्याउने तयारी भइरहेको छ।

 उनीमाथि कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको करिब २ अर्ब अपचलन गरेको आरोप छ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए।

सहकारी बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले पनि नेपालीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो।

 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, असोज ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्