नौबिसेमा पहिरो खस्दा सडक अवरुद्ध
नौबिसेको सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेको छ। पहिरोका कारण सडक बन्द हुँदा सवारी साधन र यात्रु बीचैमा रोकिएका छन्।
काठमाडौं, असोज ११ : अविरल वर्षासँगै नौबिसेमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
नौबिसेको सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेको छ। पहिरोका कारण सडक बन्द हुँदा सवारी साधन र यात्रु बीचैमा रोकिएका छन्।
पहिरोका कारण कुनै क्षति भने नभएको जनाइएको छ। प्रहरीका अनुसार पानी निरन्तर परिरहेका कारण पहिरो पञ्छाउन बाधा परेको छ।
प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार