सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस
परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय लिएको हो।
काठमाडौं, असोज ११ : न्याय परिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ।
परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय लिएको हो।
परिषद्ले संसदीय सुनुवाईका लागि सुनुवाई विशेष समितिमा नाम पठाएको छ । न्यायधाीशमा सिफारिस गरिएका निरौला करिव दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा रहनेछन्।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारबाट उच्च अदालतको मुख्य न्यायाधीश बनेका थिए । पाण्डेय उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीशका कार्यरत थिए। पाण्डे गत मंसिरमा मात्र उच्च अदालतको मुख्य न्यायाधीश बनेका थिए।
प्रकाशित मिति: १५:२५ बजे, शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार