चाडपर्वमा काठमाडौं उपत्यकामा ३७६५ प्रहरी परिचालन गरिने, ड्रोनबाट निरानी
दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नका लागि उपत्यकाका १६ वटा स्थानमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा प्रत्येक टोलीमा १० जना रहने गरी कुल ३७६५ सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको उनले बताए।काठमाडौं, असार ११ : काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दशैं, तिहार र छठ पर्व लक्षित गरि सुरक्षा योजना सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले चाडपर्वमा काठमाडौं उपत्यकामा कबिर ४ हजार प्रहरी परिचालन गरिने बताए।
दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नका लागि उपत्यकाका १६ वटा स्थानमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा प्रत्येक टोलीमा १० जना रहने गरी कुल ३७६५ सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको उनले बताए।
यस्तै सूचना सङ्कलन टोली सादा पोसाकमा ३८, सिल, सर्च र कार्डोन तथा २२ सँगै एमबुसिङ र निगरानी २२ टोली परिचालन गरिने भएको छ । साथै स्ट्रिकिङ ३ काठमाडौं उपत्यका भित्रिने नाकामा कुकुर सहितको चेकजाँच प्रत्इेक दिन गरिने छ ।
यस्तै कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर, हलचोक सहित १२ वटा टिकट काउन्टरमा पनि प्रहरीको निगरानी टोली परिचालन गरिएको छ। यस्तै भिडभाड हुने स्थानमा प्रहरीले ड्रोनमार्फत पनि निगरानी गरिने एसएसपी रजौरेले बताए।
उनले जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनिकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य रहेको बताउँदै यसका लागि सुरक्षाका क्षेत्रहरु पहिचान गरेको बताए।
‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ,’ एसएसपी रजौरेले भने, ‘हाम्रो लक्ष्यमा दशैं, तिहार र छठ पर्वमा शान्ती सुरक्षालाई सुदृढ तुल्याई काठमाडौं उपत्यकाको जीवनलाई सहज र सरल बनाउने लक्ष्य हो।’
चाडवाडमा लुटपाट, चोरीडकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृतिम अभाव जस्ता अपराध हुनसक्ने प्रहरीको आंकलन छ।
उनका अनुसार काठमाडौं बाहिर जाने सवारी साधन छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानमा कडा सुरक्षा गरिने बताए। प्रहरीले स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाडौँमा खाली हुने घर, सरकारी कार्यालय र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको उनले बताए।