Kathmandu Press

आर्सनलका खेलाडीले अस्वीकार गरे तलब कटौतीको प्रस्ताव 

काठमाडौं, वैशाख २ : इंग्लिश प्रिमियर लिग क्लब आर्सनलका खेलाडीहरूले तलब कटौतीको प्रस्ताव अस्वीकार गरेका छन्।

आर्सनलले केही दिनअघि क्लबला....

आर्सनलका खेलाडीले अस्वीकार गरे तलब कटौतीको प्रस्ताव 

काठमाडौं, वैशाख २ : इंग्लिश प्रिमियर लिग क्लब आर्सनलका खेलाडीहरूले तलब कटौतीको प्रस्ताव अस्वीकार गरेका छन्।

आर्सनलले केही दिनअघि क्लबलाई कारोना भाइरसको आर्थिक संकटबाट बचाउन खेलाडीहरूलाई तलब कटौतीको प्रस्ताव गरेको थियो। तर, खेलाडीहरुले क्लबको उक्त प्रस्तावलाई अस्वीकार गरिदिएका हुन्।

Hardik ivf

क्लबका पदाधिकारीहरूले तलब कटौतीका विषयमा मनाउन खेलाडीसँग अझै छलफल गरिरहेका छन्। यहीबीच उनीहरूले खेलाडीसँग सम्झौता गर्ने तयारी पनि गरिरहेका छन्। कोरोना भाइरसका कारण सम्पूर्ण फुटबल गतिविधि बन्द भएको अवस्थामा अहिलेको सिजन पुनः सुरु भए वा नभए पनि क्लबलाई आर्थिक संकटबाट बचाउन आर्सनलले यस्तो प्रस्ताव गरेको हो।

खेलाडीहरुसँग थुप्रै विकल्पमा छलफल भएको भएपनि सहमति भइनसकेको आर्सनलले जनाएको छ। आर्सनलले वार्षिक तलबमा १२.५ प्रतिशत कटौतीको प्रस्ताव गरेको थियो। अघिल्लो साता मात्र आर्सनलले सिनियर खेलाडीहरूसँग अहिलेको अवस्थामा सिजन पूरा भए पनि नभए पनि क्लबलाई आर्थिक संकट पर्ने बताएको थियो। सोही कारण खेलाडीहरुले क्लबको प्रस्ताव अस्वीकार गरेका हुन्। 

आर्सलनले खेलाडीहरूसँग थुप्रै विकल्प प्रस्तुत गरेको थियो। तीमध्ये एक प्रस्तावमा भनिएको छ, ‘हामी खेलाडीहरुलाई पुरै तलब दिन तयार छौं, तर त्यसका लागि आर्को सिजन च्याम्पियन्स लिग खेल्ने ग्यारेन्टी गर्नुपर्छ।’

तलब कटौतीको प्रस्तावमा आर्सनलले खेलाडीबीच भोटिङ पनि गरेको सो प्रस्ताव भोटिङबाट अस्वीकृत भएको गोलडटकमले उल्लेख गरेको छ। यो प्रस्ताव लागू गर्न आर्सनललाई ७५ प्रतिशत खेलाडीको समर्थन चाहिन्छ। केही खेलाडी भने क्लबको पक्षमा रहेको बताइएको छ।

प्रोफेसनल खेलाडी एसोसिएसन (पिएफए)ले तलब कटौतीको प्रस्तावमा अस्वीकार गर्न भनेपछि खेलाडीले तलब कटौतीको प्रस्ताव अस्वीकार गरेको बताइएको छ। 
 

प्रकाशित मिति: २१:४८ बजे, मंगलबार, वैशाख २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्