रास्वपाले आइतबारका लागि बोलायो केन्द्रीय समितिको बैठक
बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टी नेताहरुको चीन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रीत गतिविधि र विविधि विषयमा छलफल हुने बताइएको छ।
काठमाडौं, असोज ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वपाले आइतबार बिहान ११ः३० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टी नेताहरुको चीन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रीत गतिविधि र विविधि विषयमा छलफल हुने बताइएको छ।
यस्तै, आज अपरान्ह ४ बजे गर्ने भनिएको पत्रकार सम्मेलन डेढ घण्टअघि दिउँसो २ः३० बजेका लागि सारिएको रास्वपाले जनाएको छ।
प्रकाशित मिति: १३:३५ बजे, शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार