तीन महिनापछि खुल्याे संस्कृत विश्वविद्यालयकाे ताला
लामो वार्ता र छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले बताए।दाङ, असोज ११ : दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला खुलेको छ। विभिन्न विद्यार्थी संगठनहरूले तीन महिनादेखि लगाएको सबै ताला बिहीबारबाट खुलेको हो।
विद्यार्थी संगठन र आंशिक प्राध्यापकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए। आंशिक प्राध्यापकहरूले यसअघि नै ताला खोले पनि विद्यार्थी संगठनहरूको बाँकी थियो।
लामो वार्ता र छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले बताए।
विश्वविद्यालयको बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्ण रूपमा प्रभावित भएका थिए।
प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१
सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?मंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१