कोशीसहित १३ नदीमा सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सत्तकोशी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ।
काठमाडौं, असोज ११ : लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सत्तकोशी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ।
विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीले खतरा तह पार गरिसकेकाले नद ितटिय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ।
प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार