Kathmandu Press

देशभर १४ स्थानमा वर्षाले चेतावनीको तह पार गर्‍यो, झापाकाे चन्द्रगढीमा सबैभन्दा धेरै वर्षा

विभागका अनुसार पछिल्लो २४ घण्टामा चन्द्रगढी विमानस्थलमा सबैभन्दा धेरै २३२.२ मिलिमिटर वर्षा भएको छ।
देशभर १४ स्थानमा वर्षाले चेतावनीको तह पार गर्‍यो, झापाकाे चन्द्रगढीमा सबैभन्दा धेरै वर्षा

काठमाडौं, असोज ११ : दुई दिनयता देशभर निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाका देशभरका केही चेतावनीको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागले देशभरका विभिन्न १४ स्थानमा वर्षाले चेतावनीको तह पार गरेको जनाएको छ। जसमा अधिकांश स्थान कोशी प्रदेशका छन्। कोशी प्रदेशमा बुधबार साँझदेखि नै वर्षा भइरहेको छ। 

Hardik ivf

वर्षाले चेतावनीको तह पार गरेका स्थानमा झापाका अनारमनी बिर्ता,, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगी छन्। 

यस्तै, मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा पनि वर्षाले चेतावनीको तह पार गरेको छ भने इलामको माइचुली, उदयपुरको सुन्दरपुर, सप्तरीको बरमझिया र रुपनी बजार र पाल्पाको अर्चलेमा वर्षाले खतराको तह पार गरेको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा चन्द्रगढी विमानस्थलमा सबैभन्दा धेरै २३२.२ मिलिमिटर वर्षा भएको छ। त्यसपछि इलामको माईचुलीमा २३१, केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७ मिलिमिटर वर्षा भएको छ।
 

प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, असोज ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्