लकडाउनमा अदालतको काम खुकुलो पारेको भन्दै ट्रेड युनियनको आपत्ति
काठमाडाैं, वैशाख २ : न्यायपालिका अन्तर्गतको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले कोरोना भाइरसको संक्रमण नरोकिएको अवस्थामा अदालतको कामकार....

काठमाडाैं, वैशाख २ : न्यायपालिका अन्तर्गतको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले कोरोना भाइरसको संक्रमण नरोकिएको अवस्थामा अदालतको कामकारबाही खुकुलो पारेकोमा आपत्ति जनाएको छ।
मंगलबार एक विन्डो जारी गर्दै कोरोनाबाट बच्न सामाजिक दूरी कायम राख्नुपर्नेमा अदालतको काम खुकुलो पारेकोमा असन्तुष्टि जनाएको हो।
`कोभिड१९ नियन्त्रणमा आइनसकेको र यसको संक्रमण फैलनेक्रम कायमै रहेको लकडाउनको अवस्थामा अभियोग पत्र दर्ता, वयान वकपत्र, थुनछेक वहस, धरौट, तारेख लगायतका काम कारवाहीमा हुने भिडभाडले न्यायाधीश, कानून व्यवसायी, कर्मचारी, सेवाग्राही स्वयंका लागि जोखिम त छँदैछ, उनीहरुको घरपरिवार लगायत समाजमा संक्रमण फैलिने त्रासदिपूर्ण अवस्था समेत छ,´ विज्ञप्तिमा भनिएको छ।
युनियनले सर्वोच्चको फूल कोर्टको निर्णय सच्याउन पनि माग गरेको छ।
त्यस्तै, व्यक्तिगत रुपमा सामाजिक दूरी कायम गरी कोरोना संक्रमणबाट बच्न लकडाउन अवधिभर बन्दिप्रत्यक्षीकरणको रिटबाहेक अदालतका सबै प्रकारका सेवाप्रवाह स्थगित गरी न्यायाधीश, कानून व्यवसायी, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि चैत २८ को सर्वोच्च अदालत फूलकोर्टको निर्णय सच्याउन ध्यानाकर्षण गराउँदछौँ,´ विज्ञप्तिमा भनिएको छ, 'अदालतको सेवाप्रवाहका क्रममा भएको भिडभाडका कारण कोरोना संक्रमण फैलनेतर्फ सजगता अपनाउन हार्दिक आह्वान समेत गर्दछौँ।´
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी वैशाख १५ गतेसम्मका लागि लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


