Kathmandu Press

युवराज नयाँघरेको १९औं कृति ‘आगोको बीउ’ लोकार्पण

वरिष्ठ आख्यानकार, निबन्धकार, कवि तथा समालोचक कृष्ण धारावासीले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति लोकार्पण गरेका हुन्।
युवराज नयाँघरेको १९औं कृति ‘आगोको बीउ’ लोकार्पण

काडमाडाैं, असाेज १० : निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको १९औं कृति ‘आगोको बीउ’ निबन्ध सङ्ग्रह लोकार्पण भएको छ। 

वरिष्ठ आख्यानकार, निवन्धकार, कवि तथा समालोचक कृष्ण धारावासीले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति लोकार्पण गरेका हुन्। 

पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथिसमेत रहेका धरावासीले आफुलाई सबैभन्दा बढी मनपर्ने विधा नै निबन्ध रहेको र ‘आगोको बीउ’ पढदा आफुलाई एकदमै आनन्द महसुस् भएको बताए। 

Hardik ivf

निबन्धकार नयाँघरेलाई लेखन यात्रामा निरन्तर हिडन र यस्ता कृति सृजना गरिरहन सुझाव दिदै उनले भने ‘साच्चै नै उहाँको लेखमा जादु छ । समसामयिक विषयलाई जस्ताको लेख्नुहुन्छ । एकपल्ट सबैले पढ्नै पर्ने निबन्ध आगोको बीउ र नयाँघरेजीलाई बधाई।’

कृति माथि टिप्पणी गर्दै आख्यानकार तथा निवन्धकार अनिता कोइरालाले कृतिको नाम आगोको बीउ भएपनि पुस्तकभरि यो शब्द बिम्वकोरुपमा प्रयोग भएको बताइन्। यस्तै कवि, आख्यानकार तथा समालोचक भारती न्यौपानेले नयाँघरेका निवन्धहरुमा विचारको बिस्कुन देख्न सकिने भन्दै यो निवन्ध पढिसकेपछि सारा संसारमा आगोको बीउ सनसनी फैलिने बताइन्।

पुस्तकमा भूमिका लेखनसमेत गरेकी निवन्धकार तथा समालोचक कुमारी लामाले आफुलाई यो कृति अत्याधिक मन परेर नै भूमिका लेखेको बताइन्। ‘जीवन र मृत्युको दोसाधबाट अगाडि बढेका तथा अनुभव, अनुभूति र ज्ञानले खारिएका दार्शनिक चेतानायुक्त कुराहरु समेटिएको निवन्ध कृति आगोको बीउ हो’ उनले भनिन्। 

यस्तै निवन्धकार तथा समालोचक ज्ञानु अधिकारीले ‘आगोको बीउ’ शिर्षकले नै तरंगित पार्ने बताउँदै यसले मानवभित्र रहेको संवेदनालाई संयमित बनाउने बताइन्। 

कार्यक्रममा बोल्दै कृतिकार नयाँघरेले आफू निबन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने बताए। उनले भने ‘निबन्ध मेरा लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी हो। हिड्दा आवाज आउँछ त्यो आवाज मेरो नियात्राका बान्की हुन् भने पुग्ने गन्तव्य मेरो निबन्धको आधार हो।’

२०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’मा मदन पुरस्कार पाएका उनका यसअघि ९ वटा नियात्रासंग्रह र १० वटा निबन्धका कृति आएका छन्। ‘आगोको बीउ’ कृतिमा २६ वटा आत्मपरक निबन्धहरू समावेश गरिएको छ।

निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो। आपूmलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रूपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन्।

प्रकाशित मिति: २०:५४ बजे, बिहीबार, असोज १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्