Kathmandu Press

फैसला हुने १२ वर्षपछि पूर्व सभामुख सापकोटाको अनुसन्धान विवरण झिकाइयो 

संवैधानिक इजलासले सापकोटाको बिषयमा जाहेरी दरखास्त र सो सम्वन्धमा हालसम्म भएको काम कारवाहीसम्बन्धी सक्कलै फाइल पेश गर्न भनेको छ। 
फैसला हुने १२ वर्षपछि पूर्व सभामुख सापकोटाको अनुसन्धान विवरण झिकाइयो 

काठमाडौं, असोज १० : सर्वोच्च अदालतले पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको रिटमा ज्यान मुद्दाको जाहेरीमा हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन आदेश दिएको छ।

सर्वोच्चको संवैधानिक इजलासले बुधबार दिएको आदेशको प्रति विहीबार सार्वजनिक भएको छ। संवैधानिक इजलासले सापकोटाको बिषयमा जाहेरी दरखास्त र सो सम्वन्धमा हालसम्म भएको काम कारवाहीसम्बन्धी सक्कलै फाइल पेश गर्न भनेको छ। 

Hardik ivf

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोपमा सजाय माग गर्दै मृतककी पत्नी पूर्णिमाया लामा, पत्रकार कनकमणि दीक्षित, मानवअधिकारवादी सुशील प्याकुरेललगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्। सर्वोच्चमा १२ बर्षअघि दर्ता भएको उक्त विवादमा अहिलेसम्म फैसला आउन सकेको छैन।  

२०६८ असार ६ गते सर्वोच्चमा रिट दर्ता भएको थियो। सापकोटासँग जोडिएका संवैधानिक इजलासमा तीनवटा मुद्दा हालसम्म विचाराधीन छन्। 

लामाकी पत्नी पूर्णिमाया लामाले सापकोटालाई हत्यासँग जोडेर कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै रिट दिएकी हुन्। 


 

प्रकाशित मिति: २०:२६ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्