Kathmandu Press

सप्तकोशीमा खसेको बसबाट २६ यात्रुको सकुशल उद्धार 

को१ख ४६०१ नम्बरको बस बिहीबार साँझ ब्यारेजको ३६ नम्बर ढोकानजिकबाट नदीमा खसेको थियो। 
सप्तकोशीमा खसेको बसबाट २६ यात्रुको सकुशल उद्धार 

सुनसरी, असोज १० : कोशी ब्यारेज पुलबाट सप्तकोशी नदीमा खसेको यात्रुबहाक बसबाट २६ जनाको सकुसल उद्धार भएको छ। 

को१ख ४६०१ नम्बरको बस बिहीबार साँझ ब्यारेजको ३६ नम्बर ढोकानजिकबाट नदीमा खसेको थियो। 

२६ जना यात्रुको उद्धार गरिए पनि के कति यात्रु थिए भनेर यकिन हुन नसकेको प्रहरीले जनाएको छ। 

नरसिंह डिलक्स बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो। बस अनियन्त्रित भएर बस पुलको बार भत्काउँदै नदीमा खसेको थियो। 

अहिले प्रहरी र स्थानीय उद्दारमा खटिएका छन्। 

प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्