Kathmandu Press

१५९ कानुनव्यवसायीलाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित बसेको सम्पूर्ण न्यायाधीश संलग्न फूलकोर्टले लामो समयदेखि थाती रहेको वरिष्ठ अधिवक्ताको निर्क्याेल गरेको हो। 
१५९ कानुनव्यवसायीलाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने 

काठमाडौं, असोज १० : सर्वोच्च अदालतको विहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले १ सय ५९ जना अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने निर्णय गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित बसेको सम्पूर्ण न्यायाधीश संलग्न फूलकोर्टले लामो समयदेखि थाती रहेको वरिष्ठ अधिवक्ताको निर्क्याेल गरेको हो। 

यसपल्ट १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय भएको छ। 

यसअघि सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको ५ सदस्यीय समितिले १ सय ६५ जनलाई वरिष्ठ अधिवक्तालाई उपाधि दिन भन्दै सूची तयार गरेको थियो। 

ती नाममध्ये ६ जनालाई हटाएर वरिष्ठ अधिवक्ता दिइएको छ। 
 
प्रकाशित मिति: १९:१९ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्