Kathmandu Press

प्रहरीमा ३० वर्षे सेवा अवधि विवादको रिट खारेज हुने फैसला 

अवकासमा जान थालेका डीआईजी अभिकुमार खत्रीसहित १२ जना प्रहरी अधिृकतले दिएको रिट खारेज भएको हो।
प्रहरीमा ३० वर्षे सेवा अवधि विवादको रिट खारेज हुने फैसला 

काठमाडौं, असोज १० : सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाउन माग सहित दर्ता भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। 

अवकासमा जान थालेका डीआईजी अभिकुमार खत्रीसहित १२ जना प्रहरी अधिृकतले दिएको रिट खारेज भएको हो। उनीहरुले आफूहरुलाई सेवामा निरन्तरता दिन माग गर्दै रिट दिएका थिए। 

रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिट खारेज हुने फैसला सुनाएको हो। 

नेपाल प्रहरीका डीआईजी दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरु पूर्णबहादुर साउद, अम्मरबहादुर ऐर, त्रिभुवन बिष्ट, धनबहादुर सिंह, अशोक कुमार शाक्य, उद्धवबहादुर रावल, दीपेन्द्र गिरी, प्रेमबहादुर रावल र गोपाल प्रसाद श्रेष्ठले रिट दिएका हुन्। 


 

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, असोज १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्